नियम ३६
चुनौतीपूर्ण वा विशेष जिम्मेवारी वापत प्रदान गरिने अङ्क
: (१) कुनै प्रहरी कर्मचारीले चुनौतीपूर्ण वा विशेष जिम्मेवारी निर्वाह गरे वापत अङ्क दिँदा देहाय बमोजिम बढीमा पाँच अङ्क दिइनेछः–
(क) अति चुनौतीपूर्ण वा विशेष जिम्मेवारी वापत – ५ अङ्क
(ख) मध्यमस्तरको चुनौतीपूर्ण वा विशेष जिम्मेवारी वापत – ३.५ अङ्क
(ग) सामान्य वा चुनौतीपूर्ण जिम्मेवारी वापत – २ अङ्क
(२) उपनियम (१) बमोजिमको अङ्क दिँदा अनुसूचीमा—११ मा उल्लेख भए बमोजिमको आधारमा दिइनेछ ।
(३) देहाय बमोजिमको अधिकारीले आफू मातहतको प्रहरी कर्मचारीले निर्वाह गरेको चुनौतीपूर्ण वा विशेष जिम्मेवारीको सम्बन्धमा उपनियम
(२) बमोजिमको आधारमा मूल्याङ्कन गरीे सम्बन्धित बढुवा समितिको सचिवालयमा प्रत्येक वर्ष असोज २२ गतेभित्र सिलबन्दी गरी पठाउनु पर्नेछ :
(क) प्रहरी निरीक्षकदेखि प्रहरी नायव महानिरीक्षकसम्मको प्रहरी अधिकृतले आफ्नो कार्यक्षेत्रमा सम्पादन गरेको चुनौतीपूर्ण वा विशेष जिम्मेवारी वापतको अङ्क सम्बन्धित विभागीय प्रमुख, महानगरीय प्रहरी आयुक्त वा क्षेत्रीय प्रहरी कार्यालय प्रमुखको सिफारिसमा प्रहरी महानिरीक्षकले ।
(ख) प्रहरी सहायक निरीक्षक,प्रहरी नायब निरीक्षक र प्रहरी वरिष् नायब निरीक्षकले आफ्नो कार्यक्षेत्रमा सम्पादन गरेको चुनौतीपूर्ण वा विशेष जिम्मेवारी वापतको अङ्क सम्बन्धित शाखा, महाशाखा, प्रहरी परिसर र जिल्ला प्रहरी कार्यालयका प्रमुखको सिफारिसमा सम्बन्धित प्रहरी नायव महानिरीक्षकले ।
(ग) प्रहरी जवान र प्रहरी हवल्दारले आफ्नो कार्यक्षेत्रमा सम्पादन गरेको चुनौतीपूर्ण वा विशेष जिम्मेवारी वापतको अङ्क सम्बन्धित प्रहरी निरीक्षकको सिफारिसमा सम्बन्धित प्रहरी जवान, प्रहरी सहायक हवल्दार, प्रहरी हवल्दार र प्रहरी वरिष्ठ हवल्दारले ।
(४) चुनौतीपूर्ण वा विशेष जिम्मेवारी वापतको अङ्क गणना गर्दा बढुवाका लागि सम्भाव्य उम्मेदवार हुन जति वर्षको सेवा आवश्यक पर्ने हो पछिल्लो त्यति वर्षको चुनौतीपूर्ण वा विशेष जिम्मेवारीको मूल्याङ्कनको औसतबाट गणना गरिनेछ ।
(५) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि तत्काल बढुवाको कारबाही गर्नु परेमा बढुवा समितिले बढुवाका लागि सम्भाव्य उम्मेदवारको चालु आर्थिक वर्षको चुनौतीपूर्ण वा विशेष जिम्मेवारीको मूल्याङ्कन गरी पठाउन सम्बन्धित अधिकारीलाई आदेश दिन सक्नेछ ।
(६) उपनियम (५) बमोजिम बढुवा समितिको आदेश प्राप्त भएमा सम्बन्धित पदाधिकारीले बढुवा समितिले तोकिदिएको समयभित्र मूल्याङ्कन गरी सिलबन्दी खाममा सम्बन्धित बढुवा समितिमा पठाउनु पर्नेछ ।
(७) यस नियम बमोजिम कुन कुन क्षेत्रमा कार्य गर्ने प्रहरी कर्मचारीलाई चुनौतीपूर्ण वा विशेष जिम्मेवारी निर्वाह गरेको हो भन्ने विषयको निर्धारण प्रहरी प्रधान कार्यालयको सिफारिसमा मन्त्रालयले स्वीकृत गरे बमोजिम हुनेछ ।